काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अब पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले आगामी सरकारको नेतृत्व नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने पनि बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले यस्तो दाबी गरेका हुन् । ‘गठबन्धनकै सरकार निर्माणको बिषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ’, उनले भने, ‘अब पाँच वर्ष गठबन्धनकै सरकार बन्छ । त्यसमा कन्फ्युजन हुनुपर्ने केही कुरा छैन ।’
मन्त्री चौधरीले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएको स्पष्ट पारे । उनले कांग्रेस गठबन्धनको ठूलो दल दल भएकाले उसले प्रधानमन्त्रीको दाबी गर्ने भएकाले देउवानै दोहोरिने बताए । उनले भने, ‘प्रधानमन्त्री कांग्रेसबाट देउवाजी नै हुनुहुन्छ । अब माओवादीले राष्ट्रपतिमा र हामी सभामुखमा दाबी गर्न सक्छौँ । त्यही हुन्छ पनि होला ।’




















प्रतिक्रिया