काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेर लिड गरेका हुन् । गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन् ।
यता, प्रदेशसभातर्फ पनि कांग्रेसकै अग्रता छ ।२ (१) प्रदेशतर्फ कांग्रेसका भोजराज अर्यालले १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।




















प्रतिक्रिया