Logo

राजनीति

बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्ण थापाबीच कडा टक्कर



काठमाडौं । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बजुरामा मतगणना जारी छ । सुरुवाती मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले लिएका अग्रता कायमै राखेका छन् । यद्यपि उनी धेरै मतले अघि छैनन् ।

पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका पाण्डेले ८१६ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले ७११ मतका साथ पछ्याइरहेका छन् ।

१५७४ मतगणना हुँदा उनीहरुबीको मतान्तर १०५ मतको मात्र छ । बाजुरामा राप्रपाले ५, स्वतन्त्र उम्मेदवारी दिएका टेक बहादुर बडुवालले २ मत पाएका छन् । अहिलेसम्म ४० मत बदर भएको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  ९ : ४० बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।