काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले थप फराकिलो अग्रता लिएका छन् । मतगणनाको सरुवातदेखि नै अग्रता लिएका गुरुङले त्यसलाई कायमै राखेका हुन् ।
उनले ११ हजार २९९ पाएर अग्रता लिइरहँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्याल ८ हजार ८६५ मत प्राप्त गरेकी छन् । अर्यालभन्दा गुरुङ २ हजार ४३४ मतले अगाडि छन् ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ४ हजार ११८ मत पाएका छन् ।
प्रतिक्रिया