बाजुरा । मतगणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि बाजुरामा पुनः मतगणना सुरु गरिएको छ । यसअघि मुुचुल्कामा रहेको भन्दा बढी मतपत्र मतपेटिकामा फेला परेपछि विवाद उत्पन्न भएको थियो । जसकारण मतगणना रोकिएको थियो ।
प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढी पाइएको दाबी कांग्रेस कार्यकर्ताहरूले गरेका थिए ।
तर चिर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको भई पुनः मतगणना थालिएको हो । उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया