काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन्द्र साह (बालेन)लाई घेराबन्दीमा पारिएको भन्दै त्यसविरुद्ध सबै स्वतन्त्रहरु एक हुनुपर्ने बताएका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको र मेयर साहलाई आफ्नो साथ रहेको पनि स्पष्ट पारेका छन् ।
‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ !’, मेयर साम्पाङले भनेका छन्, ‘स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’




















प्रतिक्रिया