Logo

प्रमुख समाचार

याे पाँच वर्षभित्र ठूला भ्रष्टाचारीलाई जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याइन्छ : ज्ञानेन्द्र शाही



काठमाडौं । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसी र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डबारे आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि शाहीले ठोकुवा गरे । ‘अब हाम्रो लडाइँ भ्रष्टाचारविरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याइने छ ।’

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १७:०३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।