Logo

राजनीति

स्याङजा–२ मा धनराज गुरुङ विजयी, पद्मा अर्याल साढे पाँचहजार मतान्तरले पराजित



काठमाडौं । स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले हराउँदै गुरुङले बाजी मारेका हुन् ।

अन्तिम मतपरिणाअनुसार गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याए ।

यसअघि समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।

यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् । पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद भइसकेकी छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार २१:१४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।