काठमाडौं । दोलखामा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १८ हजार ६५६ मतका साथ अग्रता लिइरहेका छन् ।
सिवाकोटीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७२४ मत पाएका छन् । एमालेका सिवाकोटी र गठबन्धनका साझा उम्मेदवार कार्कीबीच १९३२ को मतान्तर छ ।
अब बैतेश्वरका ७ वटा वडा, तामाकोशी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गणना गर्न बाँकी छ ।




















प्रतिक्रिया