Logo

प्रमुख समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीमा द्वन्द्व, मकवानपुर सभापतिलाई हटाउन माग गर्दै उजुरी



काठमाडौं । छोटो समयमै राष्ट्रिय पार्टीका रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र आन्तरिक द्वन्द्व देखा परेको छ । चर्चित सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यस पार्टी भर्खरै सम्पन्न आमनिर्वाचनमा समानुपातिकर्फ पाएको मतका आधारमा राष्ट्रिय दल बनिसकेको छ ।

पार्टी गठनको पााँच महिनामै राष्ट्रिय पार्टी बन्न सफल रास्पामा आन्तरिक विवाद देखिएको छ । रास्वपाको मकवानपुर समितिमा आन्तरिक विवाद उत्पन्न भएको हो । पार्टीको मकवानपुर सभापतिलाई नै कारबाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरीपरेको छ ।

मकवानपुर सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् ।

जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ । न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको रास्वपा उम्मेदवारहरूको आरोप थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १४:१४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।