काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बसिरहेको छ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।
बैठक शनिबार पनि बसेको थियो । बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आबद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ ।
गठबन्धनबाट ४६ सीटमा उम्मेदवारी दिएको माओवादी १७ सीटमा खुम्चिएपछि गठबन्धनसँग पनि असन्तुष्ट छ । आज पनि बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल भइरहेको बताइएको छ ।




















प्रतिक्रिया