काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले नेकपा एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकपछि महासचिव गुरुङले अहिले चुनावी गठबन्धनबाटै सरकार गठन गर्ने विषयमा छलफल भइरहेको बताए ।
‘हामीले गठबन्धनको विकल्पबारे अहिले सोचेका छैनौं । त्यसबारे हाम्रो बैठकमा छलफल पनि भएको छैन । अहिले हामी जुन गठबन्धनबाट यहाँसम्म आएका छौं, त्यही गठबन्धनबाट अगाडि बढ्ने हो, हामी गठबन्धनमै छलफलमा छौं,’ उनले भने, ‘हामीले अहिले अन्य गठबन्धन बनाउनेबारे सोचेका छैनौं ।’
महासचिव गुरुङले आइतबारको बैठकमा निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । ‘हामीले पार्टीको पदाधिकारी बैठकमा चुनावको परिणामको प्रारम्भिक समीक्षा गर्यौँ । यसको विस्तृत समीक्षा पछि स्थायी कमिटी वा पोलिटब्युरो बैठकमा हुन्छ नै,’ उनले भने, ‘निर्वाचनमा गबठन्धनको प्रक्रियाबाट हामी सहभागी भयौँ। निर्वाचनबाट अपेक्षाकृतरुपमा परिणाम नआएको भएपनि मुलभूतरुपमा राम्रो परिणाम आएको छ भन्ने नै हो ।’




















प्रतिक्रिया