काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।
‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ,’ यादवले भने । उनले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने पनि बताए ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।




















प्रतिक्रिया