Logo

राजनीति

महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी : मन्त्री खापुङ



काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबै सहकार्य गर्नुपर्ने बताएका छन् । आज महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले भने, “ चेतनास्तर सहर, गाउँ र समुदायपिच्छे फरक छ । महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो ।”

सीमित स्रोतसाधनका बाबजुत ओसिएमसिले ९४ अस्पतालमार्फत् पीडितलाई सहयता दिँदै आएको उनले बताए । यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट ११ हजार ४६ जनाले स्वास्थ्य उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसिएमसीबाट १० हजार चार सय ९१ महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन् । गत आवमा शारीरिक अशक्तताका दुई हजार चार सय ९९ मुद्दामा ओसिएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  ६ : ४८ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।