काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एव नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको हो ।
अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी सम्बन्धित निकायलाई नै अनुसन्धानका लागि पत्र पठाइएको भण्डारीले बताए । रास्वपाका अध्यक्ष लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता नलिएको आरोप उनीमाथि छ । खारेज भएकै नागरिकताका आधारमा निर्वाचनमा समेत भाग लिएर दुरुपयोग गरेको आरोप उनीमाथि छ ।




















प्रतिक्रिया