Logo

राजनीति

दोलखामा माओवादीका कार्कीकाे अग्रता कायमै, एमालेका शिवाकाेटी १७ सय बढी मतले पछि



दाेलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीकाे अग्रता कायमै रहेको छ ।

५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार २०० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले २३ हजार ४७५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

जसअनुसार माओवादीका कार्की एमालेका शिवाकाेटीभन्दा १ हजार ७२५ मतले अगाडि छन् ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  ९ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।