Logo

प्रमुख समाचार

दोलखामा माओवादी उम्मेदवार ११४ मतले अगाडि



दोलखा । दोलखाको प्रतिनिधिसभा सदस्यमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ११४ मतको अग्रता कायम गरेका छन् ।

सोमवार बिहानसम्मको मतगणनामा कार्कीले ३३ हजार ७०७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत पाएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०७:०६   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।