Logo

प्रमुख समाचार

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा तनाव कम भएसँगै आवतजावत सुरु



दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएपछि आज साेमवार बिहानसम्म बन्द भएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावत सुरु भएको छ ।

भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माणलाई निरन्तरता दिएपछि हिजो साेमवार सदरमुकाम खलङ्गाका स्थानीयवासीले विरोध गरेका थिए । विरोधका क्रममा भारतीय पक्षले ढुङ्गा हानेपछि तनाव सृजना भएको थियो । तनावका कारण हिजैदेखि पुलमा आवतजावतसमेत बन्द गरिएको थियो ।

भारतीय पक्षले बन्द गराएको पुल खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहल गरेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । हिजो बेलुका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो ।

भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै उनीहरूले निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार  ३ : ११ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।