Logo

प्रमुख समाचार

शशांक कोइरालासँग देउवाले भने– ‘संसदीय दलमा मलाई सघाउनुस्’



काठमाडौं । प्रधानमन्त्री एवम् नोपली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलमा आफूलाई सघाउन नेता शशांक कोइरालालाई आग्रह गरेका छन् । चुनाव जितेर काठमाडौं फर्किएका कोइरालासँग मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

देउवा र कोइरालाले एक अर्कामा बधाई आदाप्रदानका साथै चुनावी परिणाम र सरकार गठनका विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ । त्यसक्रममा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका हुन् ।

जवाफमा कोइरालाले ‘त्यसबारे सल्लाह गरौँला’ भनेर जवाफ दिएका छन् । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए । कांग्रेसभित्र महामन्त्री गगन थापा पनि प्रधानमन्त्रीका अर्का दाबेदार हुन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १३:२७   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।