Logo

समाचार

मेलम्ची खानेपानी बाह्रै महिना काठमाडौं आउने व्यवस्था मिलाउन आवश्यक : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं– ५ का सांसद प्रदीप पौडेलले मेलम्ची खानेपानी बाह्रै महिना काठमाडौं आउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेता पौडेलले वर्षाको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

साथै नेता पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । उनले मेलम्ची खानेपानी आयोजनामा ६५ अर्ब रुपैयाँभन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउन राज्यले विशेष जोड दिन आवश्यक भएको बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १४:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।