Logo

प्रमुख समाचार

आगामी पाँच वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न नसके प्रदेश रहन्न : गगन थापा



विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षभित्रमा प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । प्रदेशले पाँच वर्षभित्रमा औचित्य पुष्टि गर्न नसके प्रदेश बचाएर नबच्नले उनले बताए ।

विराटनगरमा आज (मंगलबार) गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले भने, ‘प्रदेशले पाँच वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन । जनस्तरबाटै आवाज उठिहाल्छ ।’

नेता थापाले प्रदेशलाई बलियो बनाउन कांग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताए । तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे गुमाएकोसमेत बताए । उनले उनले वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार  ६ : ०१ बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।