Logo

प्रमुख समाचार

जबरालाई सर्वोच्च प्रवेशमा रोक्न नेपाल बारले शुक्रबार पनि धर्ना दिने



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले शुक्रबार पनि धर्ना दिने भएको छ । संघीय संसद् सचिवालयले जबरालाई क्लिन चिट दिएपछि काममा फर्कन लागेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज (बुधबार) नेपाल बारले धर्ना दिएको थियो ।

बुधबारको धर्ना समापन गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले शुक्रबार १० बजेबाट पुनः धर्ना बस्ने जानकारी दिए । बिहीबार भने सार्वजनिक बिदाका कारण बारले धर्नाको कार्यक्रम रोकेको छ ।

बुधबार उनीहरूले निलम्बित प्रधानन्यायाधीश जबरालाई लक्षित गर्दै धर्ना गरेका हुन् । बुधबारको धर्ना समापन भएको बारका पदाधिकारीहरूले बताए । संसद्‍ सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथिको महाभियोग निस्प्रभावी भएको भन्दै पत्र पठाएपछि जबरालाई रोक्न बारले सर्वोच्च परिसरमा धर्ना दिएको हो ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  ५ : १६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।