Logo

राजनीति

महाकाली नदी किनारामा भारतले एकतर्फी बनाइरहेको संरचनाको काम रोक्ने सहमति



धनगढी । दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको संरचनाको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार काम रोक्नुका साथै भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमति भएको छ ।विवाद नभएका क्षेत्रमा

भने भारतीय पक्षले काम यथावत राख्ने छ । बैठकमा नेपालका तर्फबाट दार्चुलाका प्रजिअ उपाध्यायसहित सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो भने भारतीय पक्षबाट पिथौरागढका डिएम लगायतका सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार २०:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।