Logo

राजनीति

समानुपातिकतर्फका सांसदको नाम शनिबारसम्म बुझाउन आयाेगकाे समयसीमा



काठमाडौं । समानुपातिकतर्फ सिट प्राप्त गरेका दलले मंसिर २४ गते शनिबारसम्ममा निर्वाचन आयाेगमा समानुपातिक सांसदको नाम पेस गरिसक्नुपर्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरेर शनिबार अपरान्ह ४ बजे आयोगमा पेश गरिसक्ने समयसीमा दिएको हो ।

प्रतिनिधिसभामा सातवटा दलले थ्रेस होल्ड कटाएका छन् । जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधि सभाको समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपा र जनमतले पनि ५–५ सिट प्राप्त गरेका छन् ।

समावेशी प्रतिनिधित्व हुने गरी दलले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पेश गर्नुपर्नेछ । त्यसपछि मात्रै दलले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ । प्रदेशतर्फ पनि दलले तीन दिनभित्र नाम छनोट गरेर पठाइसक्नुपर्ने छ । प्रदेशमा भने १.५ प्रतिशत ल्याउनेले सिट पाउने व्यवस्था छ । प्रदेश १ मा ६ वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १८:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।