Logo

प्रमुख समाचार

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो प्रदेशसभातर्फका समानुपातिक सांसद



काठमाडौं । रेशम चौधरी संरक्षक रहेका नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरूको नाम टुंग्याएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

जसअनुसार सुदूरपश्चिम प्रदेशसभा सदस्यको लागि सुनिता चौधरी र दमोदर पण्डित, लुम्बिनी प्रदेशसभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरी र मधेश प्रदेशसभा सदस्यको लागि रामचन्द्र चौधरीको टुंगा लागेको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार २०:५६   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।