काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको सांसदको सूची पेश गर्न आज (शनिबार) अपरान्ह ४ बजेसम्मको समयसीमा दिएको छ । तर राजनीतिक दलहरूलाई भने समयसीमा घर्किन लाग्दासमेत सांसदको टुङ्गो लगाउन सकस परिरहेको छ ।
अहिलेसम्म जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाले मात्र समानुपातिक सांसदको अन्तिम सूची तयार पारेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्दै छन् ।मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी ७० सिट प्रदेशसभाको हो ।
यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ र ६४ प्रदेशसभातर्फको हो । ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभातर्फ २९, २४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७ र प्रदेशसभातर्फ १७ सिट पाउँदा प्रदेशमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट पाएको छ ।
एकीकृत समाजवादीले समानुपातिकर्फ प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा १० सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाउँदा जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।
जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।




















प्रतिक्रिया