काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासनहरु भन्दा पनि सक्दो कोसिस गर्ने बचन दिनुपर्ने बताएका छन् ।
आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले विगतमा जनतालाई पूरा हुन नसक्ने आश्वासनहरु दिएको स्मरण गर्दै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताएका हुन् ।
‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ’, अध्यक्ष नेपालले भने, ‘तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने, धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ । म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ । किनभने मान्छेले सबै कुरा पूरा गर्न सक्दैन । जनताको आकंक्षा असीमित हुन्छ ।’




















प्रतिक्रिया