Logo

राजनीति

राप्रपा पाँचथरले आमनिर्वाचनमा अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई छानबिन गरी कारबाही गर्ने



पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले आमनिर्वाचनमा जिम्मेवारी पूरा नगरी अन्तरघात गर्ने नेता–कार्यकर्तालाई छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ । फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाको निर्णय बमोजिम पार्टी हित विपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्ने निर्णय गरिएको हो ।

जिल्ला अध्यक्ष कमल बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद पनि दिएको छ । अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदन अनुरुप जिल्ला मातहतका संगठनहरु गठन वा पूनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १२:२२   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।