Logo

मनोरञ्जन

‘ऐना झ्यालको पुतली’लाई कौतिक अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार



काठमाडौं । नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्म ‘ऐना झ्यालको पुतली’ले यतिबेला ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ भाग लिएको छ ।

फेस्टिभल र अवार्डको मौसम सुरु भएको छ र सुजित बिडारी निर्देशित फिल्मले पुरस्कार जित्न थालेको छ । त्‍यसैगरी यो फिल्मले भारतमा चार विधाकाे अवार्ड जित्न सफल भएको छ ।

भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यसले सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा ट्रफी उचाल्यो । सम्पादक किरण श्रेष्ठ, कञ्चन चिमरियाले अभिनेत्री र दिनेश खत्रीले अभिनेतातर्फ अवार्ड उचाले ।

दक्षिण कोरियाको बुसानमा प्रियिमर भएको फिल्मले यतिबेला अन्य मुलुकका फेस्टिभलमा समेत आफूलाई अघि बढाइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १५:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।