काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेशबारे बोलेर मात्र नहुँने भन्दै फिर्ता गराउन काँग्रेस नेताहरुलाई पहल गर्न आग्रह गरेका छन् ।
सत्ताधारीदल नेपाली काँग्रेसको देउवा इतर समूहका नेताहरुले अध्यादेश विरुद्ध धारणा दिइरहँदा उनीहरु बोल्ने मात्र नभई फिर्ता गराउने तहमा रहेको बाँस्कोटाले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गगन र विश्वप्रकाशले बोले,राम्रो गरे। तर उनीहरुसंग बोल्न बांकी अझै केही छ कि गरेर देखाउन धेरै बांकी छ ? म आशा गर्छु-उनीहरु गरेर देखाउने हैसियतमा छन । ताजा जनादेशसंगै संसद बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकुन । शुभेच्छा !’




















प्रतिक्रिया