Logo

राजनीति

निर्वाचन आयोगद्वारा निर्णय पुनरवलोकन गर्न एमालेलाई दिउँसो ३ बजेसम्मको समय 



काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा (एमाले)लाई मंगलबार पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो ।

दिउँसो ३ बजेपछि मात्रै सांसदको सूची सार्वजनिक गर्ने आयाेगले जानकारी दिएकाे छ ।

शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनसम्मत निर्णय गरिएकाले सूची नसच्याउने भन्दै आयोगलाई जवाफी पत्र पठाएका थिए । त्यसपछि आयोगले सो निर्णय पुनरवलोकन गर्न भन्दै पत्र पठाएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १२:३१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।