Logo

अर्थ

सरकार र निजी क्षेत्र एउटै रथका दुई पांग्रा : अर्थमन्त्री शर्मा



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र एउटै रथका दुई पांग्रा भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

निजी क्षेत्रले सरकारलाई मात्र दोष दिएर कोही उम्किन नसक्ने शर्माकाे भनाइ छ। सरकारले निजी क्षेत्रलाई आफ्नै अंगको रूपमा बुझ्ने काम भएको र पटक–पटकको छलफलमार्फत समस्या समाधानका लागि प्रयास भइरहेको उनकाे धारणा छ। उनले अर्थतन्त्र सकारात्मक लयमा अगाडि बढिरहेको बताएका छन् ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रलाई गति दिन सरकार र राष्ट्र बैंकको नीति तथा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। आयात प्रतिस्थापन हुन नसक्दा उपलब्ध स्रोत–साधन परिचालनमा अप्ठेरो भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १२:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।