काठमाडौं । टेस्ला र स्पेसएक्सको बलमा संसारका सबैभन्दा धनी व्यक्ति बनेका अमेरिकी व्यवसायी एलन मस्क माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किनेयता एकपछि अर्को झट्का खेपिरहेका छन् ।
अब उनी संसारका सबैभन्दा धनी व्यक्ति पनि रहेनन् । उनको ठाउँमा एक अर्का व्यवसायी आएका छन्, जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
फोर्ब्स र ब्लूमबर्गका अनुसार, फ्रान्सिसी व्यापारी बेयरनार आर्नो १ सय ७१ अर्ब डलरको सम्पत्तिको बलमा संसारका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
यति बेला एलन मस्कको सम्पत्ति १ सय ६४ अर्ब डलर छ । तेस्रो नम्बरमा भारतीय व्यवसायी गौतम अदानी छन्, जोसँग १ सय २५ अर्ब डलर छ । जेफ बेजोस चौथो र बिल गेट्स पाँचौँ धनीका रूपमा छन् ।
संसारकै धनी व्यक्तिकाे सूचीमा उक्लिएका बेयरनार फ्रान्सेली व्यवसायी हुन् । उनी एलभीएमएच समूहका अध्यक्ष हुन् । यो समूहसँग संसारभर लग्जरी उत्पादन बेच्ने सत्तरीभन्दा बढी कम्पनी छन् ।
यसमा लक्जरी कपडा बेच्ने कम्पनी लुई विटन र फेन्डीदेखि लिएर मेकअप प्रोडक्ट बेच्ने फेन्टी ब्युटी र वाइन बेच्ने कम्पनी डम पेरिग्रोन आदि छन् । यी तिनै कम्पनी हुन्, जसले संसारमा सबैभन्दा महँगा समान उत्पादन गर्छन् ।
बेयरनार आनो यसअघि सन् २०१९ मा चर्चित अमेरिकी ज्वेलरी ब्राण्ड टिफनी किनेपछि चर्चामा आएका थिए ।
त्यो बेला उनकाे कुल सम्पत्ति १ सय ६ दशमलव ६ अर्ब अमेरिकी डलर थियो । त्यही सम्पत्ति बढेर १ सय ७० अर्ब डलर पुगेको हो । एजेन्सी




















प्रतिक्रिया