Logo

मनोरञ्जन

पुष्प र समरिकाको ‘सहरमा एउटा हल्ला’ [भिडियोसहित]



काठमाडौं । गायक ज्वालाराज शर्माको स्वरमा ‘सहरमा एउटा हल्ला’ बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। डा. राजुबाबु श्रेष्ठको शब्द र अनिश श्रेष्ठको संगीतमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे हाे ।

प्रेमिल शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा पुष्प खड्का र समरिका ढकालबीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । हाल अमेरिकामा बस्दै आएका गायक शर्माले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

हेर्नुहाे‍स् भिडियाे

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १७:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।