Logo

राजनीति

धरानका मेयर हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ लेखेकोप्रति आयोगको ध्यानाकर्याण भएको जनाउदैँ त्यसलाई सच्याउन आग्रह गरेको हो ।

कुनै पनि जातप्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसले गम्भीर नकारात्मक असर पार्ने भन्दै नगर प्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न आयोगले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १९:३३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।