Logo

प्रमुख समाचार

कर्मचारीलाई आवास सुविधा दिने लुम्बिनी प्रदेश सरकारको निर्णय



दाङ । लुम्बिनी प्रदेश सरकार कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको दउखुरीमा बुधबार बसेको पहिलो मन्त्रिपरिषद् बैठक यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले राजधानी स्थानान्तरणमा सहयोग पुग्ने गरी काम गर्ने कर्मचारीलाई आवास सुविधा दिने निर्णय गरिएको बताए ।

जस अन्तर्गत श्रेणीबिहीन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृतसम्मलाई ६ हजार रूपैयाँसम्म मासिक आवास सुविधा दिने निर्णय गरिएको हो।

दाङको देउखुरीमा डेरा गरेर बस्ने कर्मचारीलाई आवास सुविधावापत् घर भाडा दिने निर्णय गरिएको उनले जानकारी दिए। तर यो निर्णय यही वर्षका लागि मात्रै लागू हुने गरी राजधानीमा आवास सुविधा नरहेको भन्दै कतिपय कर्मचारीले विरोध गरेपछि यस्तो सुविधा ल्याइएको हो।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार २१:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।