काठमाडौं । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने छन् ।
नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् ।
यस्तै दोस्राे हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।





















प्रतिक्रिया