काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो ४ महिनाको वित्तीय अवस्थाको तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा कर्जाको औषत ब्याजदर ९.०२ प्रतिशत थियो ।
कार्तिकसम्म २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर भने ८.३२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ५.८० प्रतिशत थियो।
वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.६० प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दा पनि कर्जाको ब्याजदर बढेको हो।
२०७८ कात्तिकमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ४.८१ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.८८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ कात्तिकमा ४.९६ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेको छ ।
मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर– बैंक ब्याजदर २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ४.९६ प्रतिशत रहेको थियो ।




















प्रतिक्रिया