Logo

मनोरञ्जन

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी आस्था राउतलाई एयरपाेर्टबाटै नेपाल फर्कायो



काठमाडौं । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ । पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले उनलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाएको हो ।

अमेरिकाको ल्यानक्यास्टरमा आयोजना हुन गइरहेको युनाईटेड होम केयर सर्भिस एल.एल.सी द्वारा आयोजित ‘न्यु एयर म्युजिकल नाईट २०२३’ मा सहभागी हुन नपाएपछि आस्थाले निराशा व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमा आफू कार्यक्रममा उपस्थिति हुन नसकेको जानकारी गराउँदै आयोजकसँग माफी मागेकी छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १८:४६   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।