Logo

अर्थ

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍याे लाभांश



काठमाडाैं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश घाेषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतलेलाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ११:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।