काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजाबी सुन ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया