Logo

अर्थ

श्री इन्भेस्टमेन्टद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?



काठमाडाैं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा २.४ प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २८औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ११:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।