Logo

अर्थ

माछापुच्छ्रे बैंकले यसपटक लाभांश नदिने



काठमाडाैं । माछापुच्छ्रे बैंकले यसपटक लगानीकर्ताको हात खाली बनाएको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणमा स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको छ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १४:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।