Logo

अर्थ

भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घट्ला ?



काठमाडौं । भारतबाट इन्धनको मूल्य पुनः घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले लगातारजसो मूल्य घटाएर पठाइरहेको छ । नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले यसअघि पनि पटक पटक इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटाएको थियो ।

विगतमा पटक पटका घटेर आउँदा पनि नेपाल नघटाएको निगमले यसपटक भने केही घटाउने तयारी गरेको छ । यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष देशबहाहिर रहेका र फर्किएलगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेगरिने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १६:२०   :  बजे

4.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।