पोखरा । सिंगापुर दुतावासको टोलीले आज (शुक्रबार) अचानक पोखराको मनिपाल अस्पताल पुगेकाे छ । पोखरा भ्रमणका बेला आफ्ना नागरिक विरामी भएमा उपचारका लागि आधिकारिक अस्पताल छनौट गर्न दुतावासका अधिकारीहरु अस्पतालको अवलोकनमा त्यहाँ पुगेका हुन् ।
भारतस्थित सिंगापुर दुतावासका राजनीतिक सचिव सहितको टोलीले आज मनिपालको सबै शाखाको अवलोकन गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल उडुवालले टोलीलाई अस्पतालका सवै विभाग र परिषरको भ्रमण गराएका थिए ।
अवलोकन पछि दुतावासका राजनीतिक सचिव सुसाङ्ग लिंमले भ्रमणका बेला आफ्ना नागरिकको स्वास्थ उपचारका लागि अस्पताल अवलोकनका लागि आएको धारणा राख्दै यो बिषयमा दुतावासमार्फत् आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
विदेशबाट नेपाल र पोखरा घुम्न आउने आफ्ना नागरिक विरामी भएमा विमा रकम दावी गर्ने गरी अस्पतालसँग सम्झौता नहुँदा कति पर्यटकले आफ्नो दुतावासमा गुनासो गर्ने गरेका उनले बताए ।




















प्रतिक्रिया