काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योग खोल्नुपर्ने आवश्यकता औंल्याएका छन् । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादनमूलक उद्योग खोल्न जरुरी रहेको उनले बताए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने भन्दै पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको र आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए ।
नेता पौडेलले मत प्राप्त गरेर चुनाव जितेको भन्दै अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए । उनले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।




















प्रतिक्रिया