काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । दुई नेताहरुबीच ओली निवास बालकोटमा शुक्रवार राति भेटवार्ता भएको हो ।
सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले पनि सरकार गठनका लागि दलहरूसँग संवाद गरिरहेका बेला ओली भेट्न लामिछाने बालकोट पुगेका हुन् ।




















प्रतिक्रिया