Logo

अर्थ

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ११ लाखभन्दा बढीकाे हाल खाली ?



काठमााडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँट कार्यक्रम बिहान १० बजे राखिएको थियो।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ५८ हजार ४२१ जनाले १ करोड ४३ लाख ५१ हजार ८३० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये ६५ हजार ९२७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिएको हो । रितपूर्वक आवेदन दिएका ११ लाख ९२ हजार ४९४ जनालाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता समेत जोडेर कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरिएको कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । यी बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।