काठमाडाैं । साइप्रसका लागि नेपालको गैरआवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएकी छन् । इजरायलका लागि आवासीय राजदूत रहेकी रिजाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले साइप्रसकाे गैरआवासी राजदूत पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।




















प्रतिक्रिया