Logo

अर्थ

सेयर बजारमा लगातार गिरावट, सवा अर्बकाे काराेबार



काठमाडाैं । सेयरबजारमा लगातार गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा ओर्लिएको छ । यता, सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ३६२.८२ बिन्दुमा ओर्लिएको छ ।

नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसदिन कारोबार भएकामध्ये २५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १८० कम्पनीको सेयरमूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १६:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।